• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ १९गते (तालिका सहित)


    जेठ १९ गते ,सोमबार ।
    कोरोना भाइरसका कारण हिजो आईतबार पेरूमा १३५ जना,क्यानडामा २२१ जना, मेक्सिकोमा ३ सय ६४ र भारतमा २२३ जना र रसियामा १३८ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६२ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६२ लाख ५९ हजार २२४ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ७३ हजार ६९१ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ८ हजार ७ सय ४२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा आईतबार ६ सय ३३ जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म अमेरिकामा १८ लाख ३७ हजार १ सय ६५ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २० हजार ३४५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ६ हजार १९० पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा आईतबार १ सय १३ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७४ हजार ७६२ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३८ हजार ४८९ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आईतबार ४ सय ८० जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १६ हजार ४ सय ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २९ हजार ३ सय १४ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा आईतबार ३१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ८ सय २ पुगेको छ । आज विहान सम्म १ लाख ८८ हजार८ सय ८२ कुल सङ्क्रमित भएका छन्।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा आइतबार एकै दिनमा थप १४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६७ पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज १ सय ९५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार ३८१जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा आईतबार थप ७५ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार ४ सय १५ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३२ हजार ९ सय ९७ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ३ सय ३३ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ७९७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ५१ हजार नाघेको छ । आज २ हजार ५१६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ५१ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    नेपालमा आईतबार थप २ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा २ जनाको कोरोना भाइरसकोकारण मृत्यु भएको पुष्टी भएको हो । शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । २४ घन्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। पुरूषहरू १ हजार ४ सय ५० जना र महिला १ सय १७ जना संक्रमित रहेका छन् ।

    यस सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
    यसै गरी


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस