• जीवनशैली | Jiwanshaili
  • ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्याे


    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सोमबार ७ सय ३२ जनाको ज्यान गएको छ । आज मंगलबार विहान सम्म ब्राजिलमा ५ लाख २९ हजार १८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १४ हजार १ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३० हजार ४६ पुगेको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६३ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ७७ हजार १४८ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस