इरानमा बुधबार थप ७० को मृत्यु, संक्रमितको संख्या १ लाख ६० हजार नाघ्यो
जेठ २१ गते, बुधबार
कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ७० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ८ हजार १२ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ६० हजार नाघेको छ । आज ३ हजार १३४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ६० हजार ६ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६४ लाख मानीसमा भइसकेको छ भने ३ लाख ८२ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस