काठमाण्डौँमा फेरि देखियो कोरोना भाइरस, थप ३ जनामा संक्रमण पुष्टी
काठमाण्डौँमा थप ३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । काठमाडौं मेडिकल कलेज र टोखाका गरी तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा काठमाण्डौँका थप ३ जना सहित २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको बताएका हुन् ।
आफ्ना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेजले आकस्मिकसहित सबै सेवा स्थागित गरेको छ।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस