शुक्रवार अमेरिकामा कोरोनाले १ हजार २०१ जनाको ज्यान लियो
जेठ २४ गते , शनिवार ।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रवार १ हजार २०१ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा १९ लाख ५३ हजार २ सय ३ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २९ हजार १५२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ११ हजार ३७४ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६८ लाख पुगेको छ । शुक्रवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६८ लाख २६ हजार ३२८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ३३ हजार ६ सय ३४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस