ब्राजिलमा शुक्रवार थप ९ सय ९४ को ज्यान गयो, ६ लाख ४५ हजार सङ्क्रमित

जेठ २४ गते , शनिवार ।
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रवार ९ सय ९४ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा ६ लाख ४५ हजार ४३८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २९ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३५ हजार ३३ पुगेको छ ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६८ लाख पुगेको छ । शुक्रवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६८ लाख २६ हजार ३२८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ३३ हजार ६ सय ३४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस