• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ २६ गते (तालिका सहित)


    जेठ २६ गते , सोमवार ।

    कोरोना भाइरसका कारण हिजो आइतबार पेरूमा १६४ जना,क्यानडामा २७ जना, मेक्सिकोमा ३४१ र भारतमा २६१ जना र रसियामा १३४ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७० लाख पुगेको छ । शुक्रवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७० लाख ८१ हजार ५९३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख १२ हजार ४ सय ७१ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा आईतबार ३७३ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा २० लाख ७ हजार २ सय ३२ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १८ हजार ६८८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख १२ हजार ४६९ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा आईतबार ७७ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ८६ हजार १९४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ४० हजार ५४२ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आईतबार ५ सय ४२ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा ६ लाख ९१ हजार ९६२ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १८ हजार ३ सय ७५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३ट हजार ४९९ पुगेको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा आईतबार थप ५३ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार ८ सय ९९ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३४ हजार ९९८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप १ सय ९७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा आईतबार एकै दिनमा थप ७२ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ८ हजार २ सय ८१ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ७१ हजार नाघेको छ । २ हजार ३६४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ७१ हजार ७ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    नेपालमा आईतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस