स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप ४४८ जनामा पुष्टि, ७२ जिल्लामा संक्रमण

जेठ ३० गते, शुक्रबार,२०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ४४८ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ४७०९ पुरुष र ३५३ महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १६ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ७२ जिल्लामा देखिएको छ । आज थप १६ संक्रमित निको भएको छन् । यो संगै नेपालमा ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा ७८६ जना पुरुष र ९१ जना महिला रहेकाछन् ।
नेपालमा हाल सम्म १ लाख २१ हजार ८ सय ६२ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ५ हजार ९ सय २५ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने १ लाख ८८ हजार ५२ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ९ हजार ९०९ जनामा आरडीटी जाँच गरिएको छ ।
हालसम्म देशभर १ लाख ७८ हजार ५० जना क्वारेनटाइनमा रहेकाछन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस