कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ ३२ गते (तालिका )

जेठ ३२ गते ,आइतबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७८ लाख पुगेको छ । शनिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७८लाख ५५ हजार २५ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ३१ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २७ हजार ९३२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो शनिबार अमेरिकामा ६९९ जना, इटलीमा ५६ जना, ब्राजिलमा ८९० जना, मेक्सीकोमा ५०४ जना, युकेमा १८१ जना, क्यानडामा ५८ जना, इरानमा ७१, चीलीमा २३१ जना, पाकिस्तानमा ८८, भारतमा ३०९ जना र रसियामा ११४ जनाको ज्यान गएको छ ।
नेपालमा थप २ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।
प्रवक्ता गौतमका अनुसार विरगञ्जका ५ वर्षीय बालक र २५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस