• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु


    गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-४ जैसिथोकका ३६ वर्षीय युवकको शनिबार साँझ ९ः२० बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले पुष्टि गरे ।

    ति युवक  २ जेठमा भारतबाट गाउँ आएका थिए । धुर्कोटगाउँपालिका-४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारको लागि १३ जेठमा ति युवकलाई तम्घासस्थित आइसोलेसनमा लगिएको थियो । उनी २ वर्षदेखि क्यान्सर र पायल्सको दीर्घ रोगीसमेत थिए ।

    उनलाई थप उपचारको लागि बुटबल लैजानु पर्ने थियो । तर, ति युवकले नै बुटबल जानका लागि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

    सुरक्षाकर्मीको समूहले राती नै उनको शव व्यवस्थापन गरेको छ । धुर्कोट गाउँपालिका-४ जैसिथोकस्थित एक जंगलमा उनकाे शव व्यवस्थापन गरिएको हाे ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस