चारमहिने शिशुसहित २५ जनाले जिते कोरोना

मान्म, ३२ जेठ/ कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुयो ।
आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र बाजुरा जिल्लाका एकएक जना कोरोनालाई जितेर घर फर्केको सूचना अधिकारी महतले जानकारी दिनुभयो । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस