• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप ४७१ जनामा पुष्टि, ७३ जिल्लामा संक्रमण


    असार १ गते, सोमबार

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ४७१ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ६ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ५७४४ पुरुष र ४७१ महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १९ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ७३ जिल्लामा देखिएको छ । आज थप ६७ संक्रमित निको भएको छन् । यो संगै नेपालमा १०४१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा ९३७ जना पुरुष र १०४ जना महिला रहेकाछन् ।

    नेपालमा हाल सम्म १ लाख ३८ हजार ६ सय ८३ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ५ हजार ३ सय ६ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख १९ हजार ३३६ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ८ हजार ६१५ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर १ लाख ३३ हजार ८२९ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस