कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् असार ४ गते (तालिका सहित)

असार ०४ गते,बिहिबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ८३ लाख पुगेको छ । बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ८३ लाख ९१ हजार ४१६ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ५० हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ४० हजार १९२ब जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो मंगलबार् एकै दिन भारतमा ३ सय ४१को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा १ हजार २ सय ९ , अमेरिकामा ८०७ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा ३४ जना, मेक्सीकोमा ७३० जना, युकेमा १८४ जना, इरानमा ११५, पेरुमा २०१ जना,क्यानडामा ४१ जना, चीलीमा २३२ जना, पाकिस्तानमा १३६, र रसियामा १९४ जनाको ज्यान गएको छ ।
नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्युपछि गरिएको पीसीआर चेकजाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो । बाँकेका महिलाको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार १७७ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस