• जीवनशैली | Jiwanshaili
  • गाउँपालिकाद्वारा गर्भवतीको उद्धार


    जाजरकोट, ४ असार/ कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकाय (बस्नेत)को हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

    अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

    दुई दिनदेखि सुत्केरी ब्यथा लागेको उहाँका श्रीमान् सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस