• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् असार ६ गते (तालिका सहित)


    असार ०६ गते, शनिबार ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ८७ लाख पुगेको छ । शनिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ८७ लाख ५० हजार ९९० पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ६१ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ८१ हजार ५ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो शुक्रबार एकै दिन भारतमा ३ सय ६६ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा १ हजार २ सय २१ , अमेरिकामा ७१९ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा ४७ जना, मेक्सीकोमा ६६७ जना, युकेमा १७३ जना, इरानमा १२०, पेरुमा १९९ जना,क्यानडामा ४६ जना, चीलीमा २५२ जना, पाकिस्तानमा १३६, र रसियामा १८१ जनाको ज्यान गएको छ ।

    नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस