स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः आइतबार २४ घण्टा भित्र थप ४२१ जनामा पुष्टि, संक्रमित जिल्ला ७५
असार ७ गते, आइतबार ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ४२१ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ८२०६ पुरुष र ८२० महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७५ जिल्लामा देखिएको छ । आज थप १९४ संक्रमित निको भएको छन् । यो संगै नेपालमा १७७२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
नेपालमा हाल सम्म १ लाख ७५ हजार १ सय ७३ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ६ हजार ८ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख ७२ हजार १७४ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ९ हजार ८७४ जनामा आरडीटी जाँच गरिएको छ ।
हालसम्म देशभर ९४ हजार ९२८ जना क्वारेनटाइनमा रहेकाछन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस