• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् असार ८ गते


    असार ८ गते सोमबार
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ९० लाख पुगेको छ । सोमबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ९० लाख ३७ हजार ९५० पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ६९ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २९ हजार ३९५ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो आइतबार एकै दिन भारतमा ४ सय २६ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा ६ सय १ , अमेरिकामा २६६ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा २४ जना, मेक्सीकोमा ३८७ जना, युकेमा ४३जना, इरानमा ११६, पेरुमा १८४ जना,क्यानडामा २० जना, चीलीमा १८४ जना, पाकिस्तानमा ११९, र रसियामा १०९ जनाको ज्यान गएको छ ।

    नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीको ६९ वर्षीय पुरुषको असार ५ गते आफ्नै घरमा मृत्यु भएको हो। उनको असार ६ गते कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ ।

    थप १ जनाको कोरोनाबाट मृत्यु भएसंगै आइतबार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

    हालसम्म नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस