• जीवनशैली | Jiwanshaili
  • ब्राजिलमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना संक्रमित


    असार १० गते, बुधबार

    ब्राजिलमा मंगलबार एकैदिन ४० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट हाल सम्म ब्राजिलमा ११ लाख ५१ हजार ४७९ कुल सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणले मंगलबार थप १ हजार ३ सय ६४ जनाको ज्यान लिएको छ । हिजो एकै दिन थप ४० हजार १ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ७७१ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९३ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस