• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विश्वभर संक्रमितकाे संख्या बढ्दै, २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् (असार ११ गते)


    असार ११ गते,बिहिबार।
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ९५ लाख पुगेको छ ।मंगलबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ९५ लाख १५ हजार ६९८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ८३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ६८ हजार ५५९ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजारको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो बुधबार एकै दिन भारतमा ४ सय २४ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा १ हजार १ सय ३, अमेरिकामा ७ सय ८१ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा १८ जना, मेक्सीकोमा ७ सय ९३ जना, युकेमा १५२ जना, इरानमा १३३, पेरुमा १८२ जना,चिली २२६ जना, दक्षिण अफ्रिकामा १ सय ३ जना, पाकिस्तानमा ६०, र रसियामा १५४ जनाको ज्यान गएको छ

    नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस