• जीवनशैली | Jiwanshaili
  • आफ्नै बाबुद्धारा नुवाकोटमा ६ वर्षीया छोरी बलात्कृत


    आफ्नै बाबुद्धारा नुवाकोटमा ६ वर्षीया नावालिका छोरी बलात्कृत भएकी छिन् ।छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बाट बाबु प’क्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा ३६ वर्षीय रामे गुरुङ (नाम परिवर्तन) रहेका छन् । छोरीलाई करणी गरेको भन्दै बालिकाकी आमा अर्थात् गुरुङकी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अहिले आरोप लागेका बाबुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    गुरुङले आफ्नै छोरीलाई करणी गरिरहेको अवस्थामा उनकी श्रीमतिले देखेपछि प्रहरीमा खबर गरेकी थिइन् । जिल्ला प्रहरीको टोलीले उनलाई प’क्राउ गरी जबरजस्ती करणी मुद्दामा कारवाही अगाडि बढाएको छ ।

    उनलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस