• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप २ जनाकाे कोरोनाको कारण मृत्यु, कुल संख्या २६ पुग्याे


    असार ११ गते, बिहिबार , २०७७।

    नेपालमा थप २ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। मृत्यु भएको हो।

    थप २ जनाको कोरोनाबाट मृत्यु भएसंगै बिहिबार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

    हालसम्म नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस