• जीवनशैली | Jiwanshaili
  • प्याजबाट हुने फाइदाहरु


    प्याज मिठो स्वाद बढाउनको लागी खाइने सामग्री मात्र होइन । यसले मानिसलाइ स्वस्थ रहन पनि सहयोग गर्छ । प्याज यस्तो सामग्री होकी जुन खाना बनाउँदा प्रयोग भएन भने खाना पुरै फिका लाग्छ । धेरै जसो मानिसहरु प्याज खान निकै मन पराउँछन् । प्याज सलादको रुपमा खाइन्छ , तरकारीमा हालेर पकाइन्छ, झान्नको लागी पनि प्रयोग गरिन्छ तर तपाईहरुलाई थाहा छ स्वाद बढाउन प्रयोग गरिने प्याज हाम्रो स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक छ । आउनुस् प्याजबाट हुने फाइदाहरु के के हुन् जानौ ।

    १. किराहरुले टोकेको ठाउँमा प्याजको रस लगाउनाले पोल्न र दुख्न कम हुन्छ ।

    २.नाकबाट रगत बगेको बेलामा प्याजको रस दुइ तिन थोपा हाल्नाले रगत बग्न कम हुन्छ ।

    ३. गर्मीमा लु लागेको व्यक्तिले प्याजको रस पिउने र पैतालामा दलेमा गर्मी कम हुन्छ ।

    ४. कान दुखेको बेलामा कपासको मद्दतले कानमा प्याजको हाल्नाले दुखाई कम हुन्छ ।

    ५. प्याजको रस र मह बराबर मात्रामा मिलाएर खानाले रुघाखोकी र ज्वरोमा राहत मिल्छ ।

    ६. ग्यास्ट्रिक र कब्जियत भएको व्यक्तिले प्याज खानाले पेट सफा हुन्छ ।

    ७. प्याजको रस कपालको जरामा लगाएर मालिस गर्नाले कपाल झार्न कम हुन्छ र जुम्राको समस्याबाट राहत मिल्छ ।

    ८. शिरमा दुखाई छ भने तिन चम्चा पानीमा एक चम्चा प्याजको रस मिलाएर खानाले दुखाइ कम हुन्छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस