ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

बुटवलमा राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किँदा त्यसमा सवार दुईजनाको ज्यान गएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी ट्रकमा ठोक्किंदा गुरुङको घटनास्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।
पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् । पूर्वतर्फ जाँदै गरेको ट्रक बिग्रिएर मर्मतका लागि वडा प्रहरी कार्यालय रामनगर नजिकै सडकमै रोकेर राखेको अवस्थामा दुर्घटना भएको रेग्मीले बताए । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस