भरतपुर अस्पताल सारिएका कैलालीका संक्रमितको उपचारका क्रममा मृत्यु, कुल संख्या २८ पुग्याे

भरतपुर, १३ असार । चितवनमा आज (शनिवार) एक जना कोरोना संक्रमितको उपचारका क्रममाको मृत्यु भएको छ । बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा आज मृत्यु भएको हो ।
उनी लामो समयदेखि फोक्सोको क्यान्सर पीडित थिए । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।
हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको अस्पतालले बताएको छ। यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस