• जीवनशैली | Jiwanshaili
  • पाल्पामा शव व्यवस्थापनमा खटिएका २ जना सैनिक जवानमा देखियो संक्रमण


    १३ असार, बुटवल । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ ।

    नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको हो ।

    पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं। १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरे ।

    उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस