कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् (असार १५ गते)
असार १५ गते,सोमवार ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड नाघेको छ ।
सोमवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख २ लाख ३३ हजार २४७ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ४ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन १ लाख ५८ हजार १३२ जना संक्रमित भएका छन् ।
हिजोमा यस भाइरसबाट १ लाख ७६ हजार ५ सय ६८ जना संक्रमित भएका थिए ।
आइतवार थप ३ हजार ४ सयको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो आइतवार एकै दिन भारतमा २ सय ८१ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा ५सय १९, अमेरिकामा २ सय ८१ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ६ सय २ जना, युकेमा ३६ जना, इरानमा १४४, पेरुमा १८२ जना,चिली १६२ जना, दक्षिण अफ्रिकामा ४३ , पाकिस्तानमा ८३, र रसियामा १ सय ४ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस