घाँटीमा डोरीले बाँधेर नवजात शिशुको हत्या, नदी किनारमा शव फेला
डोटी, असार १६/ सेती नदी किनारमा घाँटीमा डोरीले बाँधेर हत्या गरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ स्थित आयुर्वेदिक अस्पताल नजिक नदीको किनारमा शिशुको शव फेला परेको हो। करिब २२ देखि २५ घण्टा भित्रका शिुशुको शव सालनालसहित नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज रमेश बहादुर शाही शाहीले बताए।
उनकाअनुसार हत्या गरिएको अवस्थामा बालिकाको शव फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस