बारामा चट्याङ लागेर चार जना महिलाको मृत्यु

बारामा आज बिहान चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । चट्यांङ लागेर ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शितलपुरस्थित खेतमा रोपाई गरीरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छिन् ।
त्यसैगरी बाराको फेटामा चट्याङ लागेर एकै परिवारका ३० वर्षीया ईन्दु देवी महतो, ४० वर्षीया सुनरपति देवी महतोको घटनास्थलमा नैं ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
चट्याङ बिहान करिब ७ः ४५ बजे खसेको थियो ।
घाइते हुनेमा स्थानीय बचवा देवी, राजपती देवी, श्रीकान्ती देवी, उमा देवी, लिलावती देवी, सपिता देवी र शीला देवी रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस