गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताउनुभएको छ । काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा आज नेविसङ्घ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले नेविसङ्घको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
“काठमाडौँमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । नेविसङ्घमा अहिले सङ्गठन निर्माणभन्दा पनि नेताहरुको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ थियो ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाउनुभयो ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसङ्घले गाउँसम्म पुगेर सङ्गठन विस्तार गर्ने बताउनुभयो । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस