• जीवनशैली | Jiwanshaili
  • आत्महत्या गरेका युवकमा कोरोना पुष्टि


    १९ असार, रोल्पा। रोल्पामा आफ्नै गोठमा एक्लै बस्दै आएका आत्महत्या गर्ने युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर बुधबार आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

    दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

    मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस