धनगढीमा दुई युवती मृत फेला

धनगढीमा दुई युवती मृत भेटिएकी छन्। उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुई युवतीको शव भेटिएको पुष्टि गरे। उनका अनुसार वडा नम्बर ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको हो।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेला परेकाले विष सेव गरी आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
उनीहरु दुवै युवतीहरु सँगै बस्दै आएको खुलेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस