• जीवनशैली | Jiwanshaili
  • कागजमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव भेटियाे


    कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा जनकपुरधाममा नवजात शिशुको शव भेटिएको छ । शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्द चोकमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुनसक्ने स्थानीयको आशंका छ । शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस