• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २२ गते (तालिका सहित)


    असार २२ गते, सोमबार।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड १५ लाख नाघेको छ ।

    सोमवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख १५ लाख ४४ हजार ८०६ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ३६ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन १ लाख ६९ हजार ७६३ जना संक्रमित भएका छन् ।

    हिजोमात्र यस भाइरसबाट १ लाख ८९ हजार जना संक्रमित भएका थिए ।

    आइतवार थप ३ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो आइतवार एकै दिन भारतमा ४ सय २१ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा ५ सय २, अमेरिकामा २ सय ३४ जनाको मृत्यु भएको छ ।

    यसै गरी मेक्सीकोमा ५ सय २३ जना, युकेमा २२ जना, इरानमा १ सय ६३, पेरुमा १ सय ७७ जना, चिली १ सय १६ जना, दक्षिण अफ्रिकामा १ सय ७३ , पाकिस्तानमा ९३ ,कोलम्बीयामा १ सय २२, इराकमा १०५ जना र रसियामा १ सय ३४ जनाको ज्यान गएको छ ।

    नेपालमा आइतवार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस