बालिका हत्या अभियोगमा एक पक्राउ

धनुषामा एक बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
जनकपुर उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चनकुमारी पजियारको बलात्कार र हत्याको सो अभियोगमा भारतको उत्तर प्रदेशको मलिहाबाद जिल्लाको काकोरी बस्ने ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेका सिंह सोही ठाउँस्थित मिश्र र चौधरीको उद्योगमा विगत चार पाँच महिनादेखि कार्यरत रहेका छन् ।
यही असार १७ गते भैंसी चराउन गएकी कञ्चनलाई आँप दिने बहानामा सिंहले ललाइफकाई लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी गराउनुभयो । सो उद्योगको पछाडिको भागमा अवस्थित आँपको बगैँचामा बलात्कार गरी हत्या गरेको सिंहले स्वीकार गरेको बताइएको छ ।
असार १७ गते बेपत्ता भएकी कञ्चनको शव असार १९ गते शुक्रबार दुधमती नदीको किनारमा शव फेलापरेको थियो । सो शवका साथै एक थान कम्बल पनि प्रहरीले बरामद गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस