• जीवनशैली | Jiwanshaili
  • ब्राजीलका राष्ट्रपतिलाई काेराना संक्रमण


    ब्राजीलका राष्ट्रपति जाइर बाेलशाेनाराेलाई काेराेना संक्रमण देखिएकाे छ । उनलाई गत साेमबार उच्च ज्वराे देखिएपछि काेराना परीक्षण गरिएकाे थियाे । परीक्षमा नतिजा पाेजेटिभ आएकाे हाे । बाेलशाेनाराे याे चाैथाे परीक्षण थियाे । यस अघिका तीन परीक्षणहरुमा उनकाे नतिजा नेगेटिभ आएकाे थियाे ।

    पिछल्लाे समय ब्राजील काेराेनाकाे केन्द्र बनेकाे छ । कुल संक्रमितकाे संख्यामा ब्राजीकाे स्थान दाेस्राे छ । त्यहाँ १६ लाख भन्दा बढिमा काेराेना स‌ंक्रमण देखिएकाे छ भने ६६ हजार भन्दा बढिकाे मृत्यु भइसकेकाे छ ।

    बाेलशेनाराे काेराेनाकाे जाेखिमलाई कम आँक्दै आएका सरकार प्रमुखहरुमा पर्छन् । ब्राजीलमा लगातार संक्रमण बढ्दै गएपनि कडा लकडाउन गरिएकाे छैन । उनी आफूपनि मास्क नलाइ हिँड्ने गर्छन् । ब्राजीलकाे अदालतले उनलाई मास्क लगाउन दिएकाे निर्देशनलाई समेत पालना नगरेपछि उनकाे आलाेचना हुँदै आएकाे थियाे ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस