• जीवनशैली | Jiwanshaili
  • ढुङ्गाले लागेर मृत्यु


    असार २४ गते, बुधबार ।

    ढुङ्गाले लागेर यहाँ आज एक बालकको मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल जाँदै गर्दा माथिबाट खसेको ढुङ्गाले टाउकामा लागेर शारदा नगरपालिका –१ भगवती खोला निवासी नौवर्षीय दिनेश बुढाथोकीको मृत्यु भएको हो ।

    स्थानीय जोगेनी पाखा जङ्गलमा अपराह्न साढे १ बजेतिर भएको दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल ल्याइएको बताइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस