नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग
आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।
अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस