ग्लोकल आफ्टर स्कुलद्वारा नेपाल सरकारलाई अन्लाईन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण
काठमाडौं, जुलाई ९, २०२०
ग्लोकल आफ्टर स्कुलले असार १४ र १५ गतेका दिन “अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलन” आयोजना गरेको थियो । यस सिकाई सम्मेलनले यस क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अन्लाईन शिक्षण र शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तमा बिकास गर्न के गर्न सकिन्छ भन्ने बारेमा गहिरो छलफल पनि भएको थियो । उक्त कार्यक्रममा अन्लाईन सिकाइका बिभिद आयमलाई थप बिस्त्रित रुपमा सिक्न मद्धत पुगेको थियो । ग्लोकलले सोही कार्यक्रमका सिकाइ एवम अनुसन्धान पछी अन्लाईन सिकाइमा नेपालले के कस्ता कार्यहरु अवलम्बन गर्न सक्छ र के के कुरा सरकारी नितीमा समाबेश गर्न सकिन्छ भनेर एउटा बिस्त्रित रिपोर्ट तयार गरेर माननीय गिरीराजमणि पोखरेल, मन्त्री, शिक्षा मन्त्रालयलाई हस्तानतरन गरेको छ । उक्त कार्य ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक, आशीष ठाकुरले गर्नु भएको थियो ।
अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलनको मुख्य अतिथिका रुपमा माननीय गिरीराजमणि पोखरेल, शिक्षा मन्त्री ज्युले उदघाटन मन्तवय दिनु भएको थियो । सम्मेलनमा अन्लाईन लअर्निङका सम्भावनाहरु, चुनौतीहरु र अनलाइन लर्निंग भित्रका अवसर एवम बिकासका बारेमा छलफल गरिएको थियो । सम्मेलनले दुबै प्राविधिक साथै गैरप्राविधिक पक्षहरूलाई समेटेको थियो ।
सम्मेलनमा नेपालमा अन्लाईन सिकाइलाई कसरी प्रभाबकारी बनाउने, नेपाल बाहिर यस लर्निङलाई कसरी बिकास गरिदै छ, अन्लाईन शिक्षन प्रणालीमा पहुच एवम सम्भावनाका बिषयमा ३ प्यानेल छलफल गरिएको थियो । सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सि.टि.इ.भि.टी जस्ता शिक्षण मंचहरुका प्रतिनिधि मार्फत मन्तवय तथा विषलेशनहरु गरिएको थियो । २ दिने लामो सम्मेलनको समापन शिक्षा विभागका सहसचिब अन प्रसाद न्यौपानेज्युबाट भएको थियो ।
सम्मेलनमा धेरै कार्य बिन्दुहरुमा छलफल भएको थिया जुन मुलुकमा अनलाइन सिकाईका जग निर्माणमा सहयोग पु¥याउने कार्य गरेको छ । ती बुँदाहरू रिपोर्टको रूपमा भेला गरी र सोही छलफल र संयन्त्रलाई देशमा अनलाइन शिक्षाको नीतिहरूमा समाहित गर्ने र सहयोगी हुने आशाका साथ सफलतापूर्वक मन्त्रालयमा पेश गरिएको हो ।

सम्मेलनमा छलफल गरिएका कार्य आह्वान बुँदाहरू यसप्रकार छन:
हामी सरकारको प्रतिक्रियाबाट अत्यन्तै खुसी छौं र हामी विश्वास गर्छौं कि हामी एक राम्रो अनलाइन शिक्षाप्रणाली बनाउन सक्दछौं किनकि एक बिन्दु आफैंले सुझाव दिन्छ कि समन्वयमा विभिन्न सरोकारवालाको कामले परिवर्तन ल्याउन सक्छ । हामी सरकारका नीतिहरूको प्रगतिमा आशा गर्दछौं जसले नयाँ शिक्षाको आयाम ल्याउँदछ । हामी अन्लाईन शिक्षाको बिकासका लागि सदैब तत्पर रहने प्रतिबद्दता ब्यक्त गर्दछौ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस