गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई

गणेशमान सिंह फाउण्डेसनले ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मानद्वारा नेपाली काँग्रेसका नेता राजेन्द्र खरेल र गोपालदास बादेलाई सम्मानित गरेको छ ।
गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आज नेताद्वयको घरमै पुगेर उहाँहरुलाई सम्मान गर्नुभएको हो । नेता खरेलको निवास नयाँ बानेश्वर र नेता बादेको निवास बनेपामा पुगी सम्मान गरिएको हो । काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मूल्याङ्कनसहित सम्मान गरिएको नेता सिंहले जानकारी दिनुभयो । उहाँहरुलाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिष्ठानले उहाँहरुलगायत श्रीपतिदास जोशी, शिवगोपाल रिसाल, सानु मानन्धर, श्यामलाल श्रेष्ठ, प्रदीपमान श्रेष्ठ, माथवरसिंह बस्नेत, अञ्जु बस्नेत, भरत उप्रेती र रेवतीरमण सुवेदीलाई सम्मान गरिएको जनाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रजलाई उहाँहरुको योगदानको सम्मानस्वरुप सम्मान गर्दैजाने फाउण्डेसनले जनाएको छ । बन्दाबन्दीका कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भौतिक दूरी कायम गर्दै उहाँहरुको निवासमै पुगेर सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस