उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले भिषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढी–पहिरोमा परेर ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता हुनुभएकोमा उहाँहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले विगत केही दिनयता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस