सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारकाे निर्णय
सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ।
मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए।
अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्।
‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने। तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’
उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए।
निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ।
काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।
तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारको भनाइ छ।
यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ।
सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने सरकारको भनाइ छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस