बहसलाई सडकमा ल्याउनु आचरण विपरीत हुन्छ : युवा–विद्यार्थी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थीले पार्टी केन्द्रमा देखिएको विवाद आन्तरिक छलफलबाटै निरुपण गर्न नेतृत्वलाई आग्रह गरेका छन् । युवा तथा विद्यार्थीले आज नेकपा ५ नं प्रदेश कमिटीलाई ज्ञापनपत्र बुझाउँदै स्थायी कमिटीको बैठक चलिरहँदा एउटा जीवन्त पार्टीमा हुने बहसलाई अतिरञ्जित बनाउँदै सडकमा आई पक्ष र विपक्षमा देखाउनु तथा पार्टी नेतालाई अवाञ्छित लाञ्छना लगाउनु कम्युनिष्ट पार्टीको आचरणभित्र नपर्ने स्पष्ट पारेका छन् ।
प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकालमार्फत प्रदेश कमिटीलाई बुझाइएको ज्ञापनपत्रमा युवा तथा विद्यार्थीले यस्ता गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् । “यो दायित्वबाट नेकपाका नेता तथा कार्यकर्ता कोही पनि वञ्चित हुन पाउँदैन । छलफलमा आएका विषयहरुलाई कमिटीगत प्रणालीबाटै हल गरी पार्टीलाई थप एकताबद्ध पार्दै आम जनताको चासोलाई सम्बोधन गर्नका लागि युवा तथा विद्यार्थी जोडदार माग गर्दछौंँ ”, ज्ञानपपत्रमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस