• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् -असार २६ गते (तालिका )


    असार २६ गते, शुक्रवार

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड २३ लाख नाघेको छ ।

    विहिवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख २३ लाख ७६ हजार ७६७ पुगेको हो ।

    तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख ५६ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।

    एकै दिन २ लाख २० हजार ६०७ जना संक्रमित भएका छन् ।

    अघिल्लो दिन मात्र यस भाइरसबाट २ लाख १३ हजार ६८१जना संक्रमित भएका थिए ।

    बिहिवार थप ५ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो बिहिवार एकै दिन भारतमा ४ सय ७९ को मृत्यु भएको छ ।

    यसै गरी ब्राजिलमा १ हजार १ सय ९९, अमेरिकामा ९ सय ३२ जनाको मृत्यु भएको छ ।
    यसै गरी मेक्सीकोमा ७ सय ८२ जना, युकेमा ८५ जना, इरानमा २ सय २१ , पेरुमा १ सय ८१ जना, चिली १ सय ९ जना, दक्षिण अफ्रिकामा १ सय १८ , पाकिस्तानमा ६१ ,कोलम्बीयामा १ सय ८७, इराकमा १ सय ३ जना र रसियामा १ सय ७६ जनाको ज्यान गएको छ ।

    नेपालमा बिहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस