कास्कीकाे सराङकोट र हेम्जामा पहिरो, ४ जनाको मृत्यु
पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते छन् ।
अविरल वर्षापछि आएको पहिरोले पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी छ ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा २५, हेम्जामा पनि पहिरोमा परी एक वृद्धाले ज्यान गुमाएकी छन् । गएराति साढे २ बजेतिर घर पछाडिबाट पहिरो आउँदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनायो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस