• जीवनशैली | Jiwanshaili
  • कास्की नवलपरासी र लमजुङमा बाढीको खतरा, सतर्कताको घन्टी बजाइयो


    बिहीबारदेखि सुरु भएको वर्षाका कारण देशका विभिन्न स्थानहरुमा पहाडी तथा पहिरोको जोखिम बढेको छ। प्नवलपरासी , कास्की र लमजुङ जिल्लामा बाढी पहिरोको खतरा बढेको छ । नारायणी नदीको बाढी खतराको स्तरभन्दा माथि पुगेपछि सतर्कताको घन्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ७ बजे जारी गरेको सुचना अनुसार प्रदेश नम्बर २ गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचको धेरै स्थानमा भारी वर्षा भएको छ । नवलपरासीको बर्दघाट लमजुङको बेसीसहर बजारक्षेत्रमा नदीको बहाव उच्च भएको छ । आगामी ६ घण्टा अझै धेरै स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस