विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए

८ प्रहरीको हत्याका मुख्य अभियुक्त भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन ।
आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका दुबे शुक्रबार मारिएका हुन ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनापछि दुबेले प्रहरी टोलीको बन्दुक खोसेर प्रहरीमाथि हमला गर्ने कोसिस गरेका थिए ।
जवाफी कारवाहीमा छातीमा गोली लागेर पूर्ण रुपमा घाइते उनलाई अस्पताल पुर्याइयो । जहाँ उनको मृत्यु भएको हो ।
असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।
हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस