गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ
चितवन, २६ असार / जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यस्तै भरतपुर –२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताउनुभयो । खनाल यही असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस