जाजरकोटमा गएको पहिरोमा परी पाँचको मृत्यु, ९ जना बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । दुईजनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ। बारेकोट ४ जिरी सार्कीटोलमा बिहीबार राती पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँचजनाको शव फेला परेको छ ।
पहिरोमा परी ५२वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीयाया डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
अर्को एक शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सातजनाको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस