खोलाले बगाउदा आज दुई युवकको मृत्यु
पश्चिम नवलपरासीको बर्दघाटमा खहरे खोलाले बगाउदा आज दुई युवकको मृत्यु भएको छ ।
बर्दघाट १५ पोटाहास्थित चोरहोर खोलामा माछा मार्ने क्रममा खोलाले बगाउदा बर्दघाट १५ का २० वर्षीय सुधिर बिक र १८ वर्षीय प्रविन विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए ।
माछा मार्ने क्रममा सुधिर खोलामा डुबेर वेपत्ता भएपछि उनलाई बचाउन खोलामा गएका प्रविन पनि वेपत्ता भएका थिए । उनिहरुसंगै माछा मार्न गएका अर्का सोहम कुमार सुनारले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले एक घण्टासम्म खोजी गरी उनिहरुको शव फेला पारेको डिएसपी लामाले बताए ।
उनीहरुको शव पोष्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएको छ । उनिहरुको शव डुबेको स्थान भन्दा करिब ५ मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस