वाग्मती प्रदेशसभाको बैठक साउन २ गते बस्ने
वाग्मती प्रदेशसभाको बैठक साउन २९ गते बस्दैछ ।
यसअघि असार २९ गते बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरी साउन २ गतेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।
प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक साउन २ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिनुभयो ।
दुई विधेयक प्रमाणीकरण
यसैगरी प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती प्रदेशसभा बैठकबाट पारित भई आएको दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
यसरी प्रमाणीकरण भएको विधेयकमा प्रदेश सरकारको आव ०७७÷०७८ का लागि सेवा र कार्यहरुप्रति वाग्मती प्रदेश सरकारको सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको व्यवस्था विधेयक– २०७७ र प्रदेश सरकारको अर्थ सम्बन्धित प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक– २०७७ लाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस